पीएनजीको लगातार दोस्रो हार
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनी पीएजनीमाथि जित हात पारेको छ ।
मलेसियाले पीएनजीलाई ८ रनले पराजित गरेको हो ।
जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुदै १ सय ७२ रन मात्र जोड्न सक्यो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रन जोडे । नोरमन भानुआले ४५ रनको योगदान गरे।
मलेसियाको जितमा सरविन मुनिएन्डीले सर्वाधिक ४ विकेट हात पारे । मुहमद वाफिक र पवनदिप सिंहले समान तीन–तीन विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ८० रन जोडेको थियो ।
मलेसियाका लागि विरनदिप सिंहले अविजित ५९ रनको योगदान गरे । कप्तान अहमद फैज ५६ रन तथा सयद अजिज ४७ रनमा आउट भए । पीएनजीका नोरमन भानुआले २ तथा नोसाना पोकानाले १ विकेट हात पारे ।
यस अघि पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।
मलेसियाले बुधबार नेपालविरुद्ध खेल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया