त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज
मलेसियाविरुद्ध नेपाल बलिङ गर्दै, दिलिप नाथको डेब्यू
काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवी क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई बलिङ गर्ने निम्तो दिएको हो । सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ ।
नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो । नेपालले मलेसियाविरुद्ध दिलिप नाथलाई टिममा स्थान दिएको छ ।
दिलिप नाथको टी–ट्वान्टीमा डेब्यू समेत गरेका छन् । पीएनजीविरुद्ध खेलेका लोकेश बम भने मलेसियाविरुद्धको प्लेइङ ११ मा अटाएका छैनन ।
नेपालको प्लेइङ ११ः
कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, दिलिप नाथ, कुशल मल्ल र रोहित पौडेल ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया