त्रिकोणात्मक टी–ट्वान्टी सिरिज
मलेसियाले नेपाललाई दियो ११५ रनको सामान्य लक्ष्य
काठमाडौँ - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।
त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन जोड्यो ।
मलेसियाका लागि जुबैदी जुल्कीफ्लेले १५ बलमा सर्वाधिक ३२ रन जोडे । उनले तीन चौका र दुई छक्का हिर्काए । कप्तान अहमद फैजले २४ रनको योगदान गरे ।
नेपाली बलरले मलेसियाविरुद्ध उत्कृष्ट बलिङ गरे ।
नेपालका लागि करण केसी र कप्तान सन्दीप लामिछानेले दुई–दुई विकेट हात पारे ।
कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
नेपालका ७ जना बलरले मलेसियाविरुद्ध बलिङ गरेका थिए ।
नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया