क्रिकेट

मलेसियाविरुद्ध नेपाल ब्याटिङमा, सोमपालको स्थानमा कमल

इकागज |
चैत १९, २०७८ शनिबार १२:१६ बजे

काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवी क्रिकेट मैदानमा टस जितेर मलेसियाले नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो । 

लगातार तीन खेलमा जित हात पार्दै फाइनलमा प्रवेश गरिसकेको नेपालले जितलाई निरन्ता दिन चाहन्छ । यता मलेसियाका लागि भने नेपालविरुद्धको खेल गर र मरको अवस्थामा हुनेछ किनभने फाइनलमा प्रवेश गर्न मलेसियाले नेपाललाई पराजित गर्नुको विकल्प छैन् ।


सिरिज अन्तर्गत नेपालले तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहदा मलेसिया र पपुवा न्यूगिनीको समान दुई–दुई अंक रहेको छ । तर नेट रनरेटमा पीएनजी भने मलेसिया भन्दा माथि रहेको छ । 

सिरिज अन्तर्गत नै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेटको जित हात पारेको थियो । यसैबीच नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । सोमपाल कामीको स्थानमा कमल सिंह ऐरीलाई मौका दिएको छ ।  

नेपालको प्लेइङ ११ः 
कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, दिलिप नाथ, आदिल अन्सारी र रोहित पौडेल ।
 


Author

थप समाचार
x