आइपीएल क्रिकेटः गुजरातको लगातार दोस्रो जित
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ गुजरात टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको हो ।
१७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रनमा समेटियो ।
महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेल ७ अप्रिलमा लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ।
गुजरातले पहिलो खेलमा लखनऊलाई ५ विकेटले हराएको थियो । गुजरातले ८ अप्रिलमा पन्जाबसँग खेल्नेछ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया