कमलको सल्यक्रिया सफल, ६ साता मैदान बाहिर रहने
काठमाडौँ – नेपाली क्रिकेट टिमका बलर कमल सिंह ऐरीको आइतबार बिहान सल्यक्रिया भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत शनिबार भएको मलेसियाविरुद्धको खेलका क्रममा कमल घाइते भएका थिए ।
कमललाई घाटीमुनी चोट लाग्दा क्लाभिकुलार भाच्चिएको थियो । उनको नेपाल नेशनल अस्पताल कलंकीमा आईतबार सफलतापूर्वक सल्यक्रिया गरिएको हो ।डाक्टर निरज केसी र निराजन सुवेदीको टिमले उनको सल्यक्रिया गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
चिकित्सकका अनुसार उनको भाचिएको हड्डी ठीक हुन कम्तिमा ६ हप्ता लाग्ने बताएका छन् । ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् ।
टिमका फिजियो र प्रशिक्षक पुवुदु दासानायकेले डाक्टरसँग आवश्यक सल्लाह गरेका थिए तथा कमल अहिले निगरानीमा राखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया