क्रिकेट

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज

उपाधि उचाल्ने लक्ष्यसहित नेपालले आज पिएनजीको सामना गर्दै

इकागज |
चैत २१, २०७८ सोमबार ६:९ बजे

काठमाडौँ – त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । नेपाल र पिएनजीबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुनेछ । अपराजित नेपाल उपाधि उचाल्ने दाउमा मैदान उत्रनेछ ।

नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका छन् । आइतबार शृंखलाको ट्रफी सार्वजनिक
कार्यक्रममा बोल्दै कप्तान लामिछानेले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले सतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका थिए ।


यस्तै पिएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालको सामना गर्ने बताएका छन् ।

सिरिजको लिगको अन्तिम खेलमा नेपालसँग मलेसिया पराजित भएपछि पीएनजी फाइनल पुगेको थियो । ३ खेलमा १ जित निकाल्दा मलेसिया र पीएनजी नेट रनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो ।

नेपाल भने अपराजित रहदै फाइनल पुगेको हो ।


Author

थप समाचार
x