फेयर ब्रेक क्रिकेट : रुविनाले बर्मा आर्मी, सीताले टोर्नाडोजबाट खेल्ने
काठमाडौँ- नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले फेयर ब्रेक इन्भिटेसनल–२०२२ मा बर्मा आर्मी टिमका लागि खेल्ने भएकी छन् । क्रिकेट हङकङले दुबईमा मे १ देखि १५ तारिखसम्म आयोजना गर्ने टी-ट्वान्टी प्रतियोगितामा रुविनाले पाकिस्तानकी फास्टबलर फातिमा साना तथा बंगलादेशकी रुमानासँगै टिममा रहेकी छन् ।
वेस्ट इन्डिजकी डियन्द्रा डोटिन र सेमाइने काम्पवेल पनि बर्मा आर्मी टिममा छन् । बर्मा आर्मीको प्रशिक्षकमा इंग्ल्यान्डकी लायडिया ग्रिनवे रहेकी छन् ।
यता नेपाली महिला क्रिकेट टिमकी उपकप्तान तथा अलराउन्डर सीता राना मगरले टोर्नाडोजबाट खेल्ने भएकी छन् । सीता अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा अनुबन्धन हुने पहिलो नेपाली क्रिकेटरसमेत हुन् ।
टोर्नाडोजमा वेस्ट इन्डिजकी कप्तान स्टेफनी टेलर, न्यूजिल्यान्डकी सोफी डिभाइन, दक्षिण अफ्रिकाकी सुने लुस, पाकिस्तानकी अलिया राएज र डियना बैग रहेका छन् । प्रशिक्षकमा भारतकी अन्जु जैन रहेकी छिन् । प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया