क्रिकेट

आइपीएल

हैदरावादको पहिलो जित, चेन्नेईको चौथो हार

इकागज |
चैत २६, २०७८ शनिबार २०:१६ बजे

काठमाडौँ : आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । शनिबार बेलूकी सकिएको खेलमा हैदरावादले साविक विजेता चेन्नेई सुपर किंग्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा हैदरावादले पहिलो जित निकाल्दा महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि नाजुक अवस्थामा पुगेको चेन्नेईको यो लगातार चौथो हार हो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि मोइन अलिले सर्वााधिक ४८ रन बनाए । जवाफी ब्याटिङ गरेको हैदरावादले १४ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ओपनिङमा आएका अभिषेक शर्माले ७५ रनको योगदान दिए ।


जारी आइपीएलमा पहिलो जित निकालेको हैदरावाद ३ खेलबाट २ अंकसहित आठौँ स्थानमा छ भने चार खेल खेलेपछि जितविहीन रहेको चेन्नेई पुछारबाट दोस्रो स्थानमा छ । 


Author

थप समाचार
x