क्रिकेट

आईपीएल: गुजरातको पहिलो हार, हैदराबाद विजयी

इकागज |
चैत २९, २०७८ मंगलबार ७:४५ बजे

काठमाडौं - सनराइजर्स हैदराबादसँग ८  विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० प्रतियोगितामा सोमबार  गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । 

यता, हैदराबादको भने यो दोस्रो जित हो ।


सोमबार राति  मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे ।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । उसका कप्तान हार्दिकले ५० रन बनाए ।  हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।


Author

थप समाचार
x