आईपीएल : हैदराबादले कोलकातालाई हरायो
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले जित हात पारेको छ । हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको हो । हैदराबादका राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरे ।
१७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।
जितसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हारसहित सातौं औं स्थानमा उक्लिएको छ।
कोलकाताले अब सोमबार राजस्थान रोयल्ससँग खेल्नेछ भने हैदराबादले आइतबार पन्जाब किंग्ससँग खेल्नेछ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया