क्रिकेट

मुम्बईमाथि चेन्‍नईको जित

इकागज |
बैशाख ९, २०७९ शुक्रबार ७:५५ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्‍नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । 

बिहीबार राति चेन्‍नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेको छ ।


मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्‍नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए  ।

आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४  विकेट लिए । 

यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्‍नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए । 

सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बई तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्‍नई नवौं स्थानमा छ ।


Author

थप समाचार
x