क्रिकेट

जिम्बावेविरुद्धको सिरिजका लागि नेपाली टिमको घोषणा, को-को परे ?

इकागज |
बैशाख ९, २०७९ शुक्रबार ९:५४ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे 'ए' विरुद्धको लिस्ट ए (५० ओभर) र टी- ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार जिम्बावेविरुद्ध हुने खेलका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो । 

सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल,  बिक्रम सोब, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला रहेका छन् । 


सिरिजमा नेपाल र जिम्बावे 'ए' बीच तीनवटा ५० ओभरको र तीनवटा टी-ट्वान्टी खेल हुनेछ ।

त्रिवी क्रिकेट मैदानमा ५० ओभरको सिरिजको पहिलो खेल अप्रिल ३०, दोस्रो खेल मे २ र तेस्रो खेल मे ४ मा हुनेछ । यस्तै टी-ट्वान्टी सिरिजको पहिलो खेल मे ६, दोस्रो ७ र तेस्रो खेल मे ९ मा हुने तालिका रहेको छ ।

सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।


Author

थप समाचार
x