क्रिकेट

आईपीएल : चेन्नईको तेस्रो जित

इकागज |
बैशाख १९, २०७९ सोमबार ६:१६ बजे

काठमाडौं - चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो। 

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । जितसँगै चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ। चेन्नई नवौं स्थानमा रहेको छ। हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।



Author

थप समाचार
x