क्रिकेट

आईपीएल : बैङ्लोरले चेन्नईलाई हरायो

इकागज |
बैशाख २२, २०७९ बिहीबार ६:२६ बजे

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोरले चेन्नई सुपर किङ्सलाई हराएको छ । गएराति भएको खेलमा बैङ्लोरले चेन्नईलाई १३ रनले पराजित गरेको हो।

 १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा १६० रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो।


जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ। १० खेलमा ३ मा जित र ७ हार व्यहोरेको चेन्नई ६ अङ्कका नवौं स्थानमा छ।
 


Author

थप समाचार
x