अपराध

राज्यविरुद्धको संगठित अपराध मुद्दामा सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश

इकागज |
चैत १६, २०७७ सोमबार १०:३१ बजे

काठमाडौंँ : स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा. सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी भएको छ । पृथकतावाद छोडेर जनमत पार्टी गठन गरेका डा. राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचनाअनुसार उनलाई ३५ दिनभित्र सबुत प्रमाणसहित जिल्ला अदालतलमा हाजिर हुन भनिएको छ । तोकिएको अवधिमा हाजिर नभए कानुनबमोजिम हुने समेत सूचनामा उल्लेख छ । उनीविरुद्ध राज्यविरुद्धको संगठित अपराधको मुद्दा छ ।



Author

थप समाचार
x