बलात्कार आराेपमा चिनियाँ नागरिक पक्राउ
काठमाडाैं- जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनियाँ नागरिक पक्राउ परेका छन् । ४५ वर्षीय चिनियाँ नागरिक लि छेनलाई प्रहरीले पक्राउ गरेको हाे।
२०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका-३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक लि छेनले आफ्नै कम्पनीको अफिसकाे कोठाभित्र एक महिलालाई जबरजस्ती करणी गर्न खोजेका थिए ।
२३ वर्षीया ती महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा प्राप्त भएको र जिल्ला अदालत काठमाडौंको २०७८ फागुन २९ गतेको आदेशले प्रतिवादीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको थियो ।
उनी उपर प्रहरी वृत्त थानकोट काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया