१२ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ
कैलाली- कैलालीमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार प्रहरीले अन्दाजी २० वर्षीय अंशुल चौधरीलाई पक्राउ गरेको छ ।
बिहीवार राति बालिकालाई चौधरीले ललाईफकाई गरी बन्द कोठामा राखेर बलात्कार गरेका थिए । शुक्रबार बिहान सडकमा अचेत अवस्थामा परिवारले भेटाएपछि सोधपुछ गर्दा बालिकाले आफूमाथि रातभरी जबरजस्ती करणी गरेको बताएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले युवालाई ईलाका प्रहरी कार्यालय चौमालले नियन्त्रणमा लिएको बताउँदै बालिकाको स्वास्थ्य जाँचका लागि अस्पताल ल्याउने तयारी भैरहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया