अपराध

होस्टेलका छात्राहरुमाथि यौन दुर्व्यवहारकाे आरोप लागेका वार्डेन रामेछापबाट पक्राउ, काठमाडाैँ ल्याइँदै

इकागज |
जेठ २१, २०७९ शनिबार १८:३६ बजे

काठमाडौं– काठमाडौंको बाैद्धस्थित सर्वनाम विद्यालयका तीन जना छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा होस्टेलका वार्डेन पक्राउ परेका छन् । यौन दुर्व्यवहार आरोपित वार्डेन रामजी बस्नेतलाई प्रहरीले शनिबार साँझ रामेछापबाट पक्राउ गरेको हो ।

रामेछाप घर भई उक्त विद्यालयमा वार्डेन रहेका बस्नेतलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा ल्याइँदै गरेको वृत्तका नायव उपरीक्षक डुण्डीराज न्यौपानेले इकागजलाई जानकारी दिए । 


पीडित छात्राका अभिभावकहरूले आफ्ना नानीहरूमाथि दुर्व्यवहार भएको थाहा पाएपछि शनिबार बिहानदेखि स्कुल परिसरमा प्रदर्शन गरेका थिए । प्रदर्शनको खबर पाएपछि बौद्ध प्रहरी वृत्तको टोली घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको थियो । 

छात्राहरुका अभिभावकहरूले वार्डेन बस्नेतविरुद्ध जाहेरी दिएको पनि उपरीक्षक न्यौपानेले जानकारी दिए । दुर्व्यवहारमा पर्ने ती छात्राहरुको उमेर बाह्र, तेह्र र पन्ध्र रहेको छ । उनीहरु ७, ८ र १० कक्षामा अध्ययनरत छन् ।

पीडित छात्रछात्रामाथि बलात्कार भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । विद्यालय र होस्टेल एउटै कम्पाउन्डमा छ । छात्राहरु स्कुलको होस्टेलमा बस्दै आएका थिए ।

 याे पनि

काठमाडौंको एक होस्टेलका वार्डेनले तीन छात्रामाथि याैन दुर्व्यवहार गरेको आरोप, प्रहरी पुगेपछि वार्डेन फरार


Author

थप समाचार
x