अपराध

‘टोले गुण्डा’ पक्राउ

इकागज |
जेठ २८, २०७९ शनिबार १३:२८ बजे

काठमाडौं– महानगरीय प्रहरी वृत्त बुढानिलकण्ठले ‘टोले गुण्डाहरू’ अनिल र सरोज गिरीको ‘ग्याङ’ लाई पक्राउ गरेको छ । ललितपुरको पाटन घर भएका अनिलको ग्याङले काठमाडौंको गल्फुटारमा रहेका रेष्टुरेन्टमा निःशुल्क खान खाने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । केही टोले गुण्डाहरू फरार छन् । फरार भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अनिलसहितका केही युवालाई गुण्डागर्दीको अभियोगमा पक्राउ गरेको बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक अनिलसिंह ठकुरीले बताएका छन् । पक्राउ परेका व्यक्तिहरूका विषयमा अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने उनले बताए । यद्यपि, निरीक्षक ठकुरीले अपराध गर्नेहरूलाई कुनै पनि छुट नदिएर कारबाही हुने बताएका छन् ।


काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले काठमाडौंमा अपराध गर्नेलाई कानूनअनुसारको हदैसम्मको कारबाही हुने चेतावनी दिए । ‘अपराध गर्नेलाई कारबाही हुन्छ’, उनले भने, ‘गण्डागर्दीका नाममा सर्वसाधारणलाई दुःख दिनेमाथि प्रहरीले कुनै पनि हालतमा माफ दिँदैन ।’

सुनिल र अनिलसँग बेलाबेला आउने युवाहरूको समूहले गल्फुटारका होटेल र रेष्टुरेन्टमा आतंक मच्चाएपछि पीडितहरूको उजुरीको आधारमा प्रहरीले अप्रेशन शुरु गरेको हो । पक्राउ परेका अनिल र सरोजको ग्याङले धेरै ठाउँमा आतंक मच्चाएको थियो । यो ग्याङले अति नै गरेपछि प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ ।

अनिल र सरोजको ग्याङले प्रहरी, नेता, खेलकुदका केही व्यक्तिहरूको नाम लिएर रेष्टुरेन्टमा निःशुल्क खाने गरेको रेष्टुरेन्ट सञ्चालकहरू बताउँछन् । पक्राउ परेकाहरू हरेक पटक फरक फरक युवतीहरूसँग रेष्टुरेन्ट आउने गरेका थिए । 


Author

थप समाचार
x