अपराध

अष्ट्रेलिया पठाइदिन्छु भन्दै नौ लाख रुपैयाँ ठगी

इकागज |
चैत २०, २०७७ शुक्रबार १३:३३ बजे

काठमाडौँ : अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-८ का २३ वर्षीय अमित भुजेल पक्राउ परेका छन् । भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

अष्ट्रेलियाका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताएका उनले २ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ, माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको महाशाखाले जनाएको छ ।
 



Author

थप समाचार
x