अपराध

जुसमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने पक्राउ

इकागज |
चैत २३, २०७७ सोमवार १९:५२ बजे

काठमाडौँ : जुसमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने सिन्धुपाल्चोक, चौताराका अर्जुनबहादुर केसी पक्राउ परेका छन् । ३८ वर्षीय केसी सोमबार काठमाडौँ  सुन्धारबाट पक्राउ परेका हुन् ।

उनले विगत दुई वर्षदेखी काठमाडौँ, ललितपुर र भक्तपुरको विभिन्न ठाँउमा मानिसहरूलाई जुसमा नशालु पदार्थ मिसाएर अचेत पारेर धनमाल लुटपाट गर्ने गरेको महानगरीय प्रहरी परीसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।



Author

थप समाचार
x