अपराध

प्रहरीले भेट्टायो चोरीका सात मोटरसाइकल

इकागज |
चैत २३, २०७७ सोमबार २०:४० बजे

कञ्‍चननपुर : कञ्‍चनपुरका विभिन्‍न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइकल सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् । 

नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइकल बरामद गरिएको उहाँले बताउनुभयो । चोरीको मोटरसाइकल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ ।


 बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । (रासस)


Author

थप समाचार
x