अपराध

यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमतीको हत्या

इकागज |
चैत २७, २०७७ शुक्रबार १८:४२ बजे

बुटवल : यौनसम्पर्क गर्न नदिएको भन्दै रुपन्देहीमा एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाकी कुस्मा बानियाँको उनकै श्रीमान गनपतले यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ बर्षिय गनपतलाई  पक्राउ गरेर अनुसन्धन जारी गरिरहेको छ । ५५ बर्षिय कुस्मा बिहीबार बिहान  ३:१५ बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटना थाहा पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरीले उनकै श्रीमान ६६ बर्षिय गनपत बानियालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाले घरको कोठाभित्र खाटमा मृत भेटिएकी कुस्माको घाँटीमा दाग भेटिएपछी हत्या आशंकामा गनपतलाई पक्राउ गरिएको जानकारी दिए ।

गाउँमै धान कुट्ने मिल संचालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतिको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । अहिले पक्राउ परेका गनपतमालाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले भनाइ छ ।


Author

थप समाचार
x