अपराध

नयाँ बसपार्कमा मृत भेटिए स्याङ्जाका युवक

इकागज |
चैत २९, २०७७ आइतबार १५:९ बजे

काठमाडौँ : काठमाडौँ नयाँ बसपार्कको एक होटलमा एकजना युवक मृतक फेला परेका छन् । स्याङ्जाका ३० वर्षीय नारायणबहादुर घर्तीलाई प्रहरीले शनिबार राति मृत फेला पारेको हो । महानगरीय प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार खड्काले मृत्युको कारण नखुलेकाले पोष्टमार्टमका लागि शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको बताए।

‘उनी सुतेकै ठाउँमा मृत फेला परेका हुन्,’ उनले भने, ‘अहिले नै यसै भन्न सक्ने अवस्था छैन । अनुसन्धानको लागि दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ ।’ 



Author

थप समाचार
x