अपराध

२३ किलो गाँजासहित तीन पक्राउ

इकागज |
बैशाख २, २०७८ बिहीबार १६:५३ बजे

हेटौंडा : मकवानपुर प्रहरीले २३ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार हेटौंडा-११ स्थित पूर्वपश्‍चिम लोकमार्ग सडक खण्डबाट ना १ ह ९०९९ नम्बरको अटोमा लुकाएर ल्याएको गाँजा प्रहरीले बरामद गरेको हो । 

प्रहरीले अटो चालक हेटौंडाका ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार राक्सिराङ गाउँपालिका १ का ४७  वर्षीय निर्मला तामाङ र ४७ वर्षकी मायाँ तामाङलाई पक्राउ गरेको हो । 


उनीहरूलाई आज जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइ म्याद थप गरेर  अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । 


Author

थप समाचार
x