अपराध

बिल विजकभन्दा बढी सामग्री बोकेको ट्रक नियन्त्रणमा

इकागज |
भदौ २८, २०७९ मंगलबार १७:० बजे

काठमाडौं – बिल विजकभन्दा बढी खुद्रा सामान तथा औषधिहरू बोकेको कन्टेनर ट्रक नियन्त्रणमा लिइएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकको सडकखण्डबाट प्रहरीले ना.३ ख ७६५६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका नायव उपरीक्षक दिपक गिरीका अनुसार ट्रकलाई छयालीस लाख सात हजार तीन सय ९३ रुपैयाँ बराबरको सामानसंगै नियन्त्रणमा लिइएको हो ।


कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x