लुकाएर राखिएकाे ८ लाख भारतीय रुपैयाँ फेला
कैलाली । धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको छ। सोही वडाको एफगाउ स्थित फूलबारी क्षेत्रका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बिकले उक्त रकम भारतबाट चोरी गरि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले घरको गहुँ राख्ने भकारीभित्र बाल्टिनमा ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए।
फरार रहेका विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। उनी केहीदिन अघि भारतको मुम्बईबाट नेपाल फर्किको डिएसपी जोशीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया