अपराध

एउटै खाडलमा पुरिएको अवस्थामा दाङमा बालबालिकाको शव फेला

इकागज |
असोज ३०, २०७९ आइतबार १७:२५ बजे

दाङ- दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा बालबालिकाकाे शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरू तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । उनीहरूको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो ।


घटना शंकास्पद भएको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x