अपराध

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

इकागज |
मंसिर २०, २०७९ मंगलबार २०:३२ बजे

कैलाली- कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । मंसिर १८ गते दिउँसो गोदावरी नगरपालिका ९ सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको हो ।

बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका ९ का १९ वर्षीय विनोद खत्री र २४ वर्षीय नविन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 


मंगलबार बालिकामाथि बलात्कार भएको जाहेरी आएपछि आरोपित दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र राज पाण्डेयले बताए ।

बालिकाले ढिलो गरी जानकारी गराएको आफन्तले बताएको डिएसपी पाण्डेयले जानकारी दिए । बालिकालाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको बताउँदै डिएसपी पाण्डेयले आरोपित दुवै जनालाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको उल्लेख गरे ।


Author

थप समाचार
x