चार वर्षदेखि फरार अपहरणकारी चमार पक्राउ
पर्सा : अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेपछि विगत चार वर्षदेखि फरार रहँदै आएका व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेका वीरगञ्ज महानगरपालिका-२९ निवासी ४० वर्षीय वुधनराम चमारलाई मुद्दा फैसला भएको चार वर्षपछि घरै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी रितेश कुमारलाई २०७१ साल भदौ ६ गते अपहरण गरी फिरौती माग गरेको अभियोग मुद्दाको पर्सा जिल्ला अदालतले २०७३ साल असार ६ गते फैसला गर्दै चमारलाई नौ वर्ष कैद र ५० हजार जरिवाना तोकेपछि उनी फरार रहँदै आएका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डले जानकारी दिए ।
पक्राउ परेका चमारलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाउने तयारी रहेको प्रहरीले जानकारी दिएको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया