अपहरणपछि गुरुले गरे चेलाकाे हत्या, अनि मागे ५० लाख फिरौती
बन्धक बनाई राख्न खोज्दा निरज कराउन थालेपछि शान्त पार्न घाँटी थिच्दा भयाे मृत्यु
काठमाडौं– ६ मंसिर २०७९ । जिल्ला प्रहरी कार्यालय पर्सामा एउटा निवेदन आयो बालक हराएको । ५ मंसिरदेखि आफ्नो छोरा हराएको भन्दै वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया टोलका श्रीराम हजरा दुसादले खोजतलास गरिपाउँ भन्दै निवेदन दिए ।
हराएका थिए १४ वर्षका निरजकुमार पासवान । उनी गुरूकुल पन्ना मेमोरियल इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत थिए ।
प्रहरी कार्यालयकाअनुसार निवेदन दर्ता भएलगत्तै आफ्नो मातहतका कार्यालयहरूमा खोजतलासका लागि हुलियासहित पत्राचार गरिएको थियो । प्रहरी खोजतलासका लागि जुटेको थियो भने यता पासवानको परिवार छोरा हराएपछि झनै चिन्तामा थियो ।
निरज हराएको १२ औं दिन श्रीरामलाई फोन आयो । फोनमा भनिएको थियो, ‘आफ्नो छोरा सकुसल चाहिए ५० लाख रुपैयाँ दिनुपर्छ ।’ श्रीराम आत्तिए । फोनमा अझै भनिएको थियो, ‘यो कुरा प्रहरीलाई भनेको खण्डमा अर्काे छोरा पनि यस्तै हालतमा पु¥याउँछु ।’ पासवान परिवारमा पर्यो । एक सातासम्म पासवान परिवारले टेलिफोन आएको र वार्तालापबारे गुपचुप बसे ।
के गर्ने भन्ने अन्योलका बीच श्रीराम फिरौतीबारे आएको टेलिफोनबारे प्रहरीलाई २५ मंसिरमा प्रहरीसामू जानकारी गराए ।
प्रहरी झनै अनुसन्धानमा सक्रिय भयो । टेलिफोनबाट भएको फिरौती मागले प्रहरीलाई अनुसन्धानमा एक कदम सफलता मिल्यो । प्रहरीले केही क्लु फेला पनि पा¥यो जसले शंकास्पदहरुका खोजी थाल्यो ।
‘त्यसपछि हामीले शंकाको घेरामा राखेर केहीलाई सोधपुछ ग¥यौं,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी दिपक गिरीले इकागजसँग भने । सोधपुछकै क्रममा एक व्यक्तिले बालकको शव लुकाएको बयान प्रहरीसामू दिए । ती दिने व्यक्ति थिए श्यामप्रसाद यादव । यादव निरजकै वडाका व्यक्ति हुन् । उनले प्रहरीलाई बालकको हत्या भइसकेको र शव लुकाएको स्थानबारे जानकारी दिए ।
उनलाई बन्धक बनाई राख्न खोज्दा नीरज कराउन थाले पनि उनलाई शान्त पार्न घाँटी थिच्दा उनको मृत्यु भएको थियो ।
पासवानलाई हत्यापछि श्री गुरूकुल पन्ना मेमोरियल बोर्डिङ स्कुलको पुरानो भवन अगाडि रहेको शौचालयको सेफ्टी टंकीमा शव रहेको सूचना पाएको प्रहरीले उक्त ठाउँ उत्खनन गर्दा पासवानको शव फेला परेको कार्यालयका डिएसपी तथा सूचना अधिकारी दिपक गिरीले जानकारी दिए ।
वीरगञ्ज–१७ का कृष्णा भन्ने श्यामप्रसाद यादवले बालकको अपहरण र हत्याको कर्तुतबारे बयान दिएपछि त्यसमा संलग्नहरुबारे प्रहरीले जानकारी लियो । यादवले सबै तथ्य बताएपछि विद्यालयका उनै भाइस प्रिन्सिपल पटेललाई पनि प्रहरीले पक्राउ गरेको हो ।
यो काममा पटेललाई थप दुई जनाले सघाएका थिए । अर्काको नाम अहिले सार्वजनिक गरिएको छैन ।
उनीहरुबाट फिरौती रकम माग गर्ने गर्न प्रयोग भएको सिमकार्डसहितको मोबाईल, मृतकको निलो रंगको जिन्स पाईन्ट, खैरो रंगको पेटीसमेत प्रहरीले बरामद गरेको छ । डिएसपी गिरीले उनीहरुलार्ई पर्सा जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक बनाई कर्तव्य ज्यान मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको बताए । ‘अहिले हामी अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘घटनाबारे विस्तृत आइसकेपछि त्यसपछिका कारणहरु खुल्नेछ ।’
०००
५ मंसिर २०७९ । गुरूकुल पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल दिलिपकुमार पटेलकी श्रीमती आफ्ना छोराछोरी लिएर माइत गइन् । पटेल वीरगञ्ज बाहिरको भएकाले उनी विद्यालयकै पुरानो भवनमा परिवारका साथ बस्दै आएका छन् । उनी पर्सा धोबिनी गाउँपालिका वडा नं.१ घोडदौडपिप्राका स्थायी बासिन्दा हुन् । जागिरको सिलसिलामा मात्रै उनी वीरगञ्ज बसेका थिए । विद्यालयमा १० बजेदेखि ३ बजेसम्म मात्रै अध्यापन गर्ने उनी बाँकी समय सहकारीकाेसमेत काम गर्छन् ।
घरमा श्रीमती नभएकाे बेला पारेर त्याे समय पटेलले आफ्ना विद्यार्थीसमेत रहेका पासवानलाई आफ्नो कोठामा बोलाए करिब २ बजेको समयमा । उसाे त अघिल्लाे दिन नै बाेलाएका थिए पटेलले । पासवान गएनन् ।
भाइस प्रिन्सिपलले फेरि बाेलाएपछि १४ वर्षीय पासवान गए । पासवानलाई उनले गणित विषय पठाउँछन् । उनीहरु गुरुचेला हुन् ।
पासवान त्यहाँ पुगेपछि पटेलसहित त्यहाँ रहेका व्यक्तिहरुले फिरौतीको कुरा गरे । निरजले त्यसको प्रतिकार गरे । प्रतिकार गरेपछि पासवानलाई हात खुट्टा तथा मुखमा पट्टी बाँधियो ।
‘पट्टी बाँधिसकेपछि कमजोर आय भएको निरजको परिवारसँग फिरौती लिन नसक्ने देखेपछि आफू जोगिन घटना हत्यासम्म पुगेको देखिन्छ,’ डिएसपी दिपकले प्रारम्भिक अनुसन्धानबाट खुलेका तथ्यबारे इकागजलाई भने, ‘बालकलाई छोडेपछि सबै कर्तुत बाहिरिने भएकै कारण उनको हत्यापछि शौचालयको टं्याकीमा शव लुकाइएको हो ।’
अपहरणमा परेका बालकलाई अभियुक्तले कतै लुकाएर फिरौती माग गर्ने उपयुक्त स्थानबारे सोच्न सकेनन् । फेरि बालकका परिवार आय भएको परिवार हैन । निरजका बुवा श्रीराम सुंगुर काटेर मासु बेच्ने काम गर्ने गर्दछन् । दसैंजस्ता चाडमा पनि सुंगुर नै बेचेर पर्व मनाउने गरेका उनीहरुसँग तत्काल फिरौती लिन नसक्ने भएपछि अपहरणपछिको घटना हत्यासम्म पुगेको प्रहरीको निष्कर्ष छ ।
‘फिरौती माग गर्नु नै प्रमुख उद्धेश्य देखिन्छ,’ डिएसपी गिरीले भने, ‘ बालकले बाँधिएको डोरी फुकाइ भाग्न खोजेपछि अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’
श्रीरामको परिवार बिहान खाएर बेलुकीको खाक टार्ने चिन्तामा हुन्छ । योबारे अपहरणकारीमा राम्रोसँग जानकार छ । तर, वीरगञ्जमा बन्दै गरेको सुख्खा बन्दरगाहका कारण यो घटना निम्तिएको आंकलन गर्न सकिन्छ । निर्माण हुने बन्दरगाहका लागि प्रभाविततको जग्गा अधिग्रहण गर्दै छ जहाँ श्रीरामको परिवारको जग्गा पनि परेको प्रहरीको भनाइ छ । ‘त्यहींबाट आउने पैसा नै फिरौती माग्ने मनशाय अपहरणकारीभित्र रहेको देखियो,’ प्रहरीले भन्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया