अपराध

श्रोत नखुलेको एघार लाख पचास हजार रुपैयाँसहित दुई पक्राउ

इकागज |
बैशाख २०, २०७८ सोमबार १९:९ बजे

काठमाडौँ : सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयास्थित सीमा इलाकाबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्रले आइतबार सीमा इलाकाबाट उनीहरूलाई स्रोत खुलाउन नसकेको सो रकमसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा विराटनगर महानरपालिका-१६ दरैया बस्‍ने २३ वर्षीय अमोद यादव र भारतमा घर बताउने १८ वर्षीय अभिषेक चौधरी छन् ।


सशस्त्र प्रहरीले उनीहरू भारतबाट नेपालतिर लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गरेको थियो । उनीहरूको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

प्रहरीले यादवको साथमा ५ लाख रुपैयाँ र चौधरीको साथमा ६ लाख ५० हजार रुपैयाँ फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालयलाई बुझाइएको छ ।
 


Author

थप समाचार
x