अपराध

नक्कली सवारी चालक अनुमति पत्र बनाउने तीन जना पक्राउ

इकागज |
फागुन ३, २०७९ बुधबार १७:५० बजे

काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट नक्कली चालक अनुमति पत्र बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकामा केही व्यक्तिले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई काठमाडौंको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट पक्राउ गरिएको जनाएको हो । उनीहरूलाई आवश्यक कारबारहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x