अपराध

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

इकागज |
फागुन १६, २०७९ मंगलबार १९:१८ बजे

फाइल फोटो

काठमाडौं - बैकिङ कसूर मुद्दाका फरार रहेका एकलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ मा बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।


प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ । 


Author

थप समाचार
x