अपराध

पृथ्वीबहादुर शाहसहित उनका सहयोगीलाई चार वटा मुद्दा दर्ता गर्न सीआइवीको सुझाव

इकागज |
फागुन १७, २०७९ बुधबार १७:८ बजे

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी)ले ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहले ५६ जना अमेरिका नागरिकसँग ठगी गरेको जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले शाह र उनका सहयोगी मिलेर विभिन्न कम्पनी नै खडा गरेर नेपालको कानुनविपरित विदेशी मुद्रा समेत भित्र्याएको खुलेको जनाएको छ । 


अमेरिकी नागरिकसंग एन्टीभाइरस, बिल भुक्तानी लगायतका सम्बन्धमा सम्पर्क स्थापित गरेर ठगी गरेको खुलेको व्युरोले जनाएको छ । अवैध रुपमा ठगी गरिएको रकम थाइल्याण्ड समेत पठाउने गरेको पाइएको व्युरोका प्रवक्ता सञ्जय सिंह थापाले जानकारी दिए । 

पीडित व्यक्तिहरूबाट ४५ लाख ४६ हजार अमेरिकी डलर, २२ हजार पाउण्ड र तीन लाख क्यानडियन डलर ठगी गरिएको देखिएको उनले बताउए । त्यस्तै व्युरोले शाहसहित उनका सहयोगी विरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसुर गरी चार वटा मुद्दा दायर गर्न सुझाव दिएको छ । 


Author

थप समाचार
x