बालिका बलात्कारकाे आराेपमा एक किशाेर पक्राउ
प्रतिकात्मक तस्बिर
काठमाडाैं । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया