अपराध

दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ

इकागज |
फागुन २८, २०७९ आइतबार २१:२८ बजे

फाइल फोटो

महोत्तरी - दाइजो नल्याएको भन्दै बुहारीलाइ शारिरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् ।महोत्तरीको औरही नगरपालिका वस्ने उनकी बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् । 

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान  पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा  हालेकी थिइन् । त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश बमोजिम प्रहरीले  पक्राउ गरी पूर्पक्षको लागि जेल चलान गरिसकेको छ । 


तर पंकजका बुवा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित  दशगजा नजिकै लुकिछिपी बसिरहेको बेला उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । ११ चैत्र २०७८ मा रामगोपालपुरमा विवाह भएको नेहा र पंकजको सामाजिक परम्पराअनुसार नै ५१ लाख नगद २० तोला सुन, ३० तोला चादी, टिभी, फ्रीज लगायत दाइजोकोरुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

यस्का बाबजुत पनि विवाह भएको ८ महिनापछि पंकजलगायत उनको घरपरिवारले नेहालाइ घरनिकाला गरिदिएपछी उनले मानवअधिकारवादी र मिडियाकर्मीहरूसगँ सहयोगको याचना गरेकी थिइन्  ।

श्रीमान् पंकज र उनका बुवा राम प्रवेशलाइ अदालतले पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएलगत्तै पंकज पक्राउ परेता पनि राम प्रवेश भने फरार नै थिए । 

प्रहरीको खोजीको क्रममा रहेका राम प्रवेश दशगजा क्षेत्रमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । 

छोरा पंकजलाइ जस्तै उनलाई पनि सोही पकृतिको कसुरमा कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरि कानुनी दायरामा ल्याएपछि दाइजोबाट प्रताडित बनेका नेहा जस्तै बुहारीमा राहत महसुस भएको छ ।

 


Author

थप समाचार
x