अपराध

बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो

इकागज |
चैत २९, २०७९ बुधबार १२:२२ बजे

काठमाडौँ - सुनसरीको इनरुवामा अपाङ्ग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ । इनरुवा ४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको भनाइ छ । 

करणीको आरोपमा प्रहरीले संलग्न व्यक्तिलाई पक्राउगरी कारबाही चलाइसकेको छ । प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानसमेत गरिसकेको छ । 


यद्यपि, पीडित परिवारले भने आफूहरूले धाकधम्की खेपिरहनु परेको भन्दै गुनासो गरेका छन् । उनीहरूले पीडक पक्षले आफूहरूलाई मुद्दा फिर्ता लिन धाकधम्की दिँदै आएको बताए । 

पीडितको घरमा केही दिनअघि आगलागी भएको थियो । जसलाई सुनियोजित दाबी गर्दै आएको पीडित परिवारले त्यसपछि भने असुरक्षित महसुस गरेको छ । मुद्दा फिर्ता लिन दिइँदै आएको धम्की र आर्थिक प्रलोभनको विषय पीडित परिवारले बाहिर ल्याएको हो । 

पीडितकी आमाले आफूलाई आएको धम्कीबारे छिमेकीहरूले समेत साथ नदिएको आरोप लगाए । घटनाको विषयमा सुनसरी प्रहरीले भने करणीको आरोपमा पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालत बुझाइएको र त्यहाँबाट कारागार चलान भएको बताएको छ । 

घरमा लागेको आगलागीको पछिल्लो घटनाबारे भने थप अनुसन्धान जारी रहेको प्रहरी बताएको छ । न्युज एजेन्सी नेपाल


 


Author

थप समाचार
x