नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ
प्रतिकात्मक तस्बिर
बाँके । नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँचका गर्ने क्रममा ब्राउनसुगरसहित कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनका साथबाट ४५ ग्रामको ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । उनी श्री एअरलायन्सबाट काठमाडौँतर्फ जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया