अपराध

पर्सा प्रहरीले बरामद गर्‍यो ७० किलो गाँजा

इकागज |
बैशाख २७, २०७८ सोमबार १९:५९ बजे

जनकपुरधाम : पर्सा प्रहरीले जिल्लाको बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने वर्ष ४५ को सोती कलवारको घरबाट ७० किलो ४८० ग्राम गाँजा बरामद गरेको छ । कलवारले घरमा लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गाँजा भेटाएको हो । 

 लागु औषध गाँजाको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा घरमा पुगेको प्रहरी टोली देख्दावित्तिकै कलवार मोटरसाइकल चढी फरार भएको र  निजको घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाई राखिएको गाँजा प्रहरीले बरामद गरेको प्रदेश प्रहरीका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए । 


कलवारको घरबाट १६ थान बनाएर राखिएको ७० किलो ४८० ग्राम गाँजा बरामद गरेको उनले बताए । कलवारविरुद्ध लागू औषध गाँजा सम्बन्धी कसूरमा आजै मुद्दा दर्ता गरी खोजतलाससहित आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x