अपराध

अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

इकागज |
बैशाख २८, २०७८ मंगलबार १४:४४ बजे

काठमाडौँ  : नक्कली अक्सिमिटर कालोबजारी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ, थापाथलीस्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, सुनसरीका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीशप्रसाद रानासरिया रहेका छन् । 

उनीहरूको फार्मेसी तथा कम्पनीबाट ७ सय ६५ थान नक्कली अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । बायोप्लस फार्मेसी कुलेश्वरबाट ८५ थान, नानोटेक फर्मा थापाथलीबाट २४ थान, चिरायु केडी ग्रुप प्रालीबाट ९ थान, सन्तोष भण्डारीको साथबाट ९१ थान अक्सिमिटर बरामद भएको छ । चिरायु केडी ग्रुप प्रालीले खरिद गरेको अक्सिमिटरहरु मध्ये १६० थान नक्कली अक्सिमिटर रुपन्देहीबाट बरामद गरिएको छ । भारतीय नागरिक रानासरियाको साथबाट  ३ सय ९६ वटा अक्सिमिटर बरामद गरिएको छ ।


उनीहरूले बजारमा करिब सात सय पर्ने अक्सिमिटर २२ सयसम्म बिक्री गर्ने गरेको पाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय, महानगरीय अपराध महाशाखा, औषधी व्यवस्था विभागको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीअरूलाई कालोबजार ऐन अन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
 


Author

थप समाचार
x