अपराध

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

इकागज |
बैशाख २८, २०७८ मंगलबार १९:१८ बजे

वीरगंज : पर्साकाे वीरगंजमा प्रहरीले चाेरीकाे माेटरसाइकलसहित एक युवकलाई पक्राउ गरेकाे छ । महानगरपालिकाकाे वडा नम्बर ३१ भेडैयाखाेलाकाे पुलबाट सवारी चेकजाँचकाे क्रममा जिल्लाकाे बहुदरमाई नगरपालिका ४ का २३ वर्षीय नसिर अन्सारीलाई चाेरीकाे माेटरसाइकल सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वीरगञ्ज महानगरपालिका ३१ वेल्वा बस्ने सुरेन्द्र यादवको नाममा दर्ता रहेको ना.१९ प ४०२२ नम्बरको सेतो कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल उनकाे घरबाट अन्सारीले चाेरेर लैजाने क्रममा मिलनचोक प्रहरी चाैकीबाट खटिएकाे टाेलीले मंगलबार दिउँसाे सवारी चेकजांचकाे क्रममा पक्राउ गरिएकाे प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएकाे छ ।


 अन्सारीलाई नियन्त्रणमा लिई आजै चोरी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट सात दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता खनालले बताएका छन् ।


Author

थप समाचार
x