१४ वर्षीया दुई बालिकालाई फकाएर हाेटलमा लगेर बलात्कार !
भक्तपुर। १४ वर्षीया दुईजना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पुर्याई विभिन्न प्रलोभन पारी ललाईफकाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया