अपराध

बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

इकागज |
बैशाख २२, २०८० शुक्रबार १७:५० बजे

प्रतिकात्मक तस्बिर

बर्दिया। बर्दियामा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

राजापुर नगरपालिका–६, जोगीपुर बस्ने २६ वर्षीय राजाराम थारु र सोही ठाउँ बस्ने २२ वर्षीय शनीराम थारुलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


ती बालिकालाई बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 


Author

थप समाचार
x