अपराध

बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ

इकागज |
जेठ २७, २०८० शनिबार २१:४८ बजे

सांकेतिक तस्विर

काठमाडौं - उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।

२२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।


राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।


Author

थप समाचार
x