अपराध

सट्टेबाजी खेलाउने पाँच पक्राउ, एकै व्यक्तिको कारोबार ६४ करोड बढी

इकागज |
जेठ ३१, २०८० बुधबार १५:५६ बजे

काठमाडौं– प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोबार गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

वान एक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड भन्दा बढीको काराबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिए । त्यस्तै पक्राउ परेका अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौंको कारोबार गरेको देखिएको केसीले बताए । पक्राउ परेका लामिछानेसंग ३५ लाख नगद पनि बरामद गरिएको केसीले बताए। 


पक्राउ परेका व्यक्तिहरुबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोवार गर्ने प्रमाणहरु फेला परेको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 


Author

थप समाचार
x