अपराध

कञ्चनपुरमा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

इकागज |
असार ३, २०८० आइतबार १९:३ बजे

फाइल फोटो

कञ्चनपुर - कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय संदिप गुप्तालाई आइतबार पक्राउ गरिएको हो । उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका  ९४ हजार पाँच सय मुल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठूलो पेन्टी, मोटरसाईकलसहित पक्राउ गरेको हो ।


गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिइएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई कारबाहीको लागि सामानसहित भन्सार कार्यालय कैलाली पठाइएको छ ।


Author

थप समाचार
x