अपराध

यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

इकागज |
जेठ ३, २०७८ सोमबार २०:१६ बजे

इनरुवा : एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । 

जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्‍ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । अभियुक्त यादव गत वैशाख ८ गते धरान-भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए । (रासस)



Author

थप समाचार
x