अपराध

बलात्कार आराेपमा हरक सिँह महरा पक्राउ

इकागज |
असार १२, २०८० मंगलबार १५:७ बजे

फाइल फोटो

कञ्चनपुर - ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरालाई प्रहरीले पक्राउ गरेको छ । 

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।



Author

थप समाचार
x